अन्तर्वार्ता

चितवनको शैक्षिक परामर्शमा अनर्स सधै अब्बल: कँडेल

Banner

गोपालप्रसाद कँडेल चितवनको शैक्षिक परामर्शको क्षेत्रमा परिचित नाम हो । आजभन्दा  ४०  वर्षअघि भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा जन्मिएका उनी आफ्नो अध्ययन पूरा गरेपछि विगत १५ वर्षदेखि शैक्षिक परामर्श पेसामा आवद्ध छन् । नारायणगढको शहिदचोकनजिकै गणेश हल मार्गमा रहेको अनर्स एजुकेसन कन्सल्टेन्सीको उनी संस्थापक तथा कार्यकारी अध्यक्षसमेत हुन् । यसअघि कँडेलले एम्स एजुकेसन कन्सल्टेन्सीको कार्यकारी अध्यक्ष, एजुकेसन प्लानेट चितवनको निर्देशक, क्यानेडियन एजुकेसन कन्सल्टेन्सी काठमाडौँ कमलादीमा परामर्शदाता, नेपाल एजुकेसनल कन्सल्टेन्सी काठमाडौँको कार्यकारी निर्देशक र भृकुटी इन्टरनेनशनल एजुकेसन डिल्लीबजारमा प्रवन्ध निर्देशकको भूमिका निभाइसकेका छन् । उनको आधा दर्जन कन्सल्टेन्सी सञ्चालनको अनुभवले नै शैक्षिक परामर्शको क्षेत्रमा रहेको अब्बल क्षमतालाई प्रस्फुटित गर्छ । जीवनको उर्वर समय उनले शिक्षा र शैक्षिक परामर्शको चिन्तनमा नै बिताएका छन् । कहिलेकाहीँ व्यवसायबाट फुर्सद मिलेमा कँडेलले गीतसंगीत सुन्न र नृत्य गर्न विशेष रुचि राख्छन् ।

चितवनका विद्यार्थीलाई आफ्नै खर्चमा विदेश पढ्न पठाउने मात्र भन्दा पनि छात्रवृत्तिहरुको व्यवस्था मिलाएर विद्यार्थीलाई विदेश पठाउने काममा उनी अग्रसर छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनले बेलायतमा एक वर्ष अध्ययन गरेका छन् । विश्वका विभिन्न देशका विश्वविद्यालय र शैक्षिक कार्यक्रमहरुमा भाग लिएर चितवनलाई नै कर्मथलो बनाइरहेका कँडेलसँग नारायणी अनलाइनले व्यवसायिक वार्ता गरेको छ । प्रस्तुत छ सोही वार्ताको सम्पादित अंश :

प्रश्न : अनर्स एजुकेसन कन्सल्टेन्सीको मुख्य उद्देश्य के हो ?

जवाफ : विद्यार्थीले पढ्न विदेश जाँदा कुनै न कुनै छात्रवृत्ति पाऊन् भन्ने उद्देश्यले नै यस कन्सल्टेन्सीको स्थापना गरिएको हो । अष्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकामा छात्रवृत्ति उपलब्ध गराउने कार्यमा हामीले काम गरिरहेका छौं ।

प्रश्न: चितवनमा धेरै कन्सल्टेन्सीको भीडमा अनर्स के फरक छ ?

जवाफ : शैक्षिक परामर्श भनेको अनुसन्धान गरेर जानकारी दिने विषय हो । मेरो सम्पूर्ण अनुभव र सिप यसै कन्सल्टेन्सीमा खर्च गरिरहेको छु । सन् २०१९ मेमा अमेरिकाको वासिङ्टन डिसीमा भएको विश्वकै सबैभन्दा ठूलो शैक्षिक सम्मेलनमा मैले भाग लिइसकेको छु । त्यसैगरी मैले अष्ट्रेलियाको क्वालिटी एजुकेसन ऐजन्ट काउन्सिलर(क्यूईएसी)को आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छु ।

म आफैँ पनि शिक्षा मन्त्रालय र सीटीईभीटीको सर्टिफाइट काउन्सिलर हो । अष्ट्रेलियाको पटक पटक भ्रमण गरेर त्यहाँको शिक्षा प्रणाली र विश्वविद्यालयहरुको प्रत्यक्ष अध्ययन गर्ने अवसर पाएको छु । मेरो टिममा बेलायतबाट मास्टर्स डिग्री पूरा गरेर १० वर्ष बेलायतमा बसेर आउनु भएको कृष्ण भुसाल हनुहुन्छ । तसर्थ हामी गुणात्मक शिक्षा र परामर्शको लागि अन्य कन्सल्टेन्सीभन्दा अब्बल छौं ।

प्रश्न: आजसम्म कति विद्यार्थी बाहिर पठाउनुभयो ?

जवाफ : धेरै विद्यार्थी पठाएको छु । सबै नै छात्रवृत्तिमा बाहिर देश गएका छन् । छात्रवृत्ति पाइँदैन भनेर हरेस खाएका विद्यार्थीहरु पनि खुसी भएर मेरो कन्सल्टेन्सीबाट पढ्न बाहिर गएका छन् ।

प्रश्न : शैक्षिक परामर्शको क्षेत्रमा यति धेरै वर्ष काम गर्नुभयो ? कस्तो अनुभव भएको छ ?

जवाफ: सुरु सुरुमा शैक्षिक परामर्शको काम गर्दा मानिसहरुले नबुझेर मेनपावर खोलेर बसेको जस्तो अनुभव हुन्थ्यो । पढ्नलाई छात्रवृत्ति पाइन्छ भन्ने पनि धेरैलाई थाहा थिएन । अध्ययन राम्रो र आईएलटीएसमा राम्रो स्कोर लिएको जो कोही विद्यार्थी छात्रवृत्तिको लागि योग्य हुन्छ । अष्ट्रेलियामा विद्यार्थीले अमेरिकामा भन्दा धेरै काम गर्न पाउँछ ।

अमेरिका र अष्ट्रेलियाका विश्वविद्यालयमा छात्रवृत्ति दिने परिपाटी केही फरक छ । प्राय मास्टर्स तहमा अध्ययन गर्न जानेलाई अझ राम्रो छ । मास्टर्स दुई वर्षमा सकिने र विद्यार्थी पनि केही परिपक्क हुने भएकोले धेरै सजिलो हुन्छ ।

प्रश्न : तपाइँको कन्सल्टेन्सीका अन्य विशेषताहरु के के छन् ?

जवाफ: हामीले आईएलटीएसको कक्षा सञ्चालनका लागि सम्पूर्ण पूर्वाधारहरु हामीसँग उपलब्ध छन् । हामीसँग अहिले पार्टटाइम आईएलटीएस प्रशिक्षक भने हुनुहुन्छ । हामी आईएलटीएस पढाउने भन्दा पनि काउन्सिलिङमा नै केन्द्रिैत छौं ।  प्रोजेक्टर, सीसीटीभी र एसीसहितका कक्षाहरु हामीसँग उपलब्ध छन् । हामी वैदेशिक उच्च शिक्षाको लागि अन्य कन्सल्टेन्सीहरु भन्दा अब्बल नै छौं ।  मेरो जीवन दर्शन नै असफलता नै सफलताको संकेत हो भन्ने रहेको छ । त्यसैले म विद्यार्थीहरुलाई एकपटकको असफलताबाट नआत्तिन अनुरोध गर्दछु ।
धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>