चितवन विशेष
मिडिया स्वतन्त्र भए मात्र लोकतन्त्र बलियो : पूर्वराष्ट्रपति यादव
०

चितवन, पुस २६ –
पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् ।
आज भरतपुरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।’ विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो । देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र संघीयसभामा रहेको उनले बताए ।
तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या संघीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए । पूर्वराष्ट्रपति डा यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्दछ भने । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























