चितवन विशेष
सरकार र प्रतिपक्ष दुवैले केही नगर्दा जनतामा निराशा : कांग्रेस महामन्त्री कोइराला

चितवन, पुस २६-
नेपाली कांग्रेसका महामन्त्री डा शशां कोइरालाले सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको बताएका छन् ।
सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताए । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे । नेता कोइरालाले भने, ‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।’ सुुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो । अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन सकेको छैन कोइरालाले थपे । सभापतिप्रति कडारुपमा प्रस्तुत भएका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए । रासस
























