चितवन विशेष

प्राविधिक शिक्षा सञ्चालनका लागि रामनगर माविमा महायज्ञ गरिने

Banner

चितवन,पुस २५ –

भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा रहेको रामनगर माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ महायज्ञ लगाउने भएको छ । कक्षा ११ र १२ मा कम्प्युटर ईन्जिनीयरिङ विषयको पढाई सञ्चालन गर्ने तयारीका साथ रकम जुटाउन महायज्ञको आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत कुँवरले आगामी माघ २ गतेदेखि माघ १० गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताहज्ञान महायज्ञको आयोजना गरिएको बताए ।

रोजगारमूलक प्राविधिक शिक्षा सञ्चालन गर्न, कक्षा ११ र १२ सञ्चालन गर्न, सुविधासम्पन्न मन्टेश्वरी सञ्चालन गर्न, बालमैत्री फर्निचरको व्यवस्था गर्न, खेलकुद तथा नृत्य शिक्ष, चौकिदार, पुस्तकालय, कर्मचारी, आवासीय पियनको व्यवस्थापन गर्नका लागि महायज्ञ सञ्चालन गर्न लागिएको कुँवरको भनाइ छ । अभिभावकको मागलाई मध्यनगर गर्दै विद्यालयले हाल कक्षा ६ सम्म अंग्रेजी माध्यममा पढाउँदै आएको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लम्सालले जानकारी दिए ।

हाल मौजुदा रहेको भौतिक सम्पत्तिबाट प्राविधिक शिक्षा सञ्चालन गर्न कठिनाइ हुने भएकाले महायज्ञको आयोजना गरिएको उनले जानकारी दिए । एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित महायज्ञ गर्न लागिएको उल्लेख गर्दै प्रधानाध्यापक लम्सालले महायज्ञका लागि करिब १४ लाख रुपैयाँ खर्च हुने बताए । सो महायज्ञमा पण्डित दिपकप्रसाद पौडेलले कथा प्रवचन गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>