चितवन विशेष
न्यूजील्याण्ड जान चाहानेका लागि चितवनमा एक्सिसको एजुकेशन फेयर

चितवन,पुस २४-
एक्सिस एजुकेशन नेटवर्कले न्यूजील्याण्ड एजुकेशन फेयरको आयोजना गर्ने भएको छ । पुस २८ गते नारायणगढको कमलनगर चोक स्थित एक्सिस एजुकेशनको आफ्नै कार्यालयमा फेयर सञ्चालन हुनेछ । न्यूजिल्याण्ड अध्ययन गर्न चाहानेका लागि विशेष शैक्षिक मेला आयोजना गरिएको चितवन शाखा प्रमुख गौरब सापकोटाले जानकारी दिनुभयो ।
न्यूजील्याण्डका शिक्षण संस्थाहरुबारे विद्यार्थीहरुलाई विश्वविद्यालयका प्रतिनिधीहरुबाटै परामर्श प्रदान गर्ने उद्देश्यले यो मेला गर्न लागिएको उहाँले बताउनुभयो । सापकोटाले भन्नुभयो, ‘नेपालमा अहिले न्यूजील्याण्डको शिक्षाको विषयमा विभिन्न खाले भ्रम श्रृजना गर्ने काम भएको छ । विद्यार्थीहरुलाई सहि सुचना दिई सत्य तथ्य जानकारी दिन हामीले यो मेला गर्न लागेका हौँ’। न्यूजील्याण्डको शैक्षिक अवस्था र प्रक्रियाको विषयमा अहिले विभिन्न खालका चर्चा परिचर्चाका विषयलाई यस मेलाले एउटा मार्गनिर्देशन गर्न सहयोग गर्ने एक्सिस एजुकेशनका सञ्चालकहरुको विश्वास रहेको छ ।
अहिले न्यूजील्याण्डका दश भन्दा बढि शिक्षण संस्थाका प्रतिनिधीहरु नेपालमा आएर त्यहाँको भौतिक शैक्षिक वातावरण, शैक्षिक गुणस्तर, लागत खर्च, छात्रवृत्ति, भिषा प्रक्रियाका विषयमा जानकारी दिइने मेला आयोजक संस्था एक्सिस एजुकेशनले जनाएको छ । मेलामा सहभागि कलेजहरुले छात्रवृत्ति पनि उपलव्ध गराउने छन् । यस अघि नै साउदर्न इन्सटिच्युट अफ टेक्नोलोजीले मेलामा आउने सबै विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने घोषणा नै गरेको छ ।
नेपालबाट ज्यूजील्याण्डमा स्वास्थ्य, इन्जिनियरिङ, होटल व्यवस्थापन लगायतका विषयहरु अध्ययन गर्न विद्यार्थीहरु जाने गरेका छन् । न्यूजील्याण्ड एजुकेशनमा विगत १४ बर्षदेखी सेवा दिदैँ आएको यस संस्थाले विभिन्न समयमा न्यूजील्याण्डका विश्वविद्यालयका प्रतिनिधिलाई नेपालमा ल्याई विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको छ । यसको भिसा सक्सेस रेट पनि ९० प्रतिशत भन्दा बढि रहेको एक्सिस एजुकेशनले जनाएको छ ।
























