चितवन विशेष

नारायणगढ–मुग्लिन सडक आजदेखि पूर्ण रुपमा संचालनमा आयो, बाँकी काम विस्तारै गरिने

Banner

चितवन, पुस २४–

नारायणगढ–मुग्लिन सडक खण्ड आज (बिहीबार)देखी पूर्ण रुपमा संचालनमा आएको छ । सवारी साधान रोकेर पहिरो नियन्त्रणको काम गर्ने आज अन्तिम दिन रहेपनि प्रतिकुल मौसमका कारण आजैदेखि पूर्ण रुपमा सडक सुचारु गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रवक्ता इन्जिनियर शिव खनालले जानकारी दिए ।

दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका कामहरु अन्य दिनमा केही समय सवारी साधान रोक्दै पुरा गरिने खनालले बताए । उनले भने–‘बचेकुचेका केही सामन्य कार्यहरु आगामी दिनमा थोरै थोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक ब्यवस्थापन मिलाउँदै कार्य गछौं ।’

नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाँउमा पहिरो रोकथामको काम गरिएको हो । जसका लागि गत मंसिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ०३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम हुँदै आएको थियो ।

पहिरो नियन्त्रणका काम लगभग सकिएसंगै आगामी वर्षदेखि मुग्लिङ नारायणघाट सडकमा वर्षातको समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>