चितवन विशेष

चितवन मेडिकल कलेज र चेम्बर अफ कमर्सबीच सहकार्यको सम्झौता

Banner

चितवन,पुस २४-

चितवन मेडिकल कलेज र चितवन चेम्बर अफ कमर्सबीच सहकार्यको सम्झौता भएको छ । स्वास्थ्य क्षेत्रको प्रतिष्ठित संस्था चितवन मेडिकल कलजेसँग व्यवसायीहरुको संस्था चेम्बर अफकमर्सले मेडिकल पार्टनरका रुपमा सहकार्य शुरु गरेको हो ।

चेम्बरका सदस्यका लागि मेडिकल कलेजले सुविधाको व्यवस्था गरेको छ । अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य परीक्षण र उपचार सेवामा २० प्रतिशत सहुलियत दिने सहमति भएको छ । चितवन मेडिकल कलेजका कार्यकारी निर्देशक डा. दयाराम लम्साल र चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले हस्ताक्षर गरेर सम्झौता गरेका छन् ।

चेम्बरका अध्यक्ष श्रेष्ठले सामाजिक र संस्थागत हितका लागि सहकार्य गरेको बताए । सहमतिका लागि मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारी, चेम्बर अफ कमर्सका सदस्यहरु, कोषाध्यक्ष, निर्मला पण्डित, बालगोपाल चुके, रुविन रामुदामु, अच्युत थपलिया सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>