चितवन विशेष
अपाङ्गता महिलालाई सिलाई बुनाई तालिम

चितवन, पुस २३-
अपाङ्ग भएका महिलाहरु सिलाई बुनाई तालिम लिएका छन् । रोटरी क्लब अफ नारायणी मिड टाउनको सहयोगामा अपाङ्ग जागरण अभियान चितवनले उनीहरुलाई तालिम प्रदान गरेको हो ।
१० दिनसम्म चलेको सिलाइ बुनाई तालिम बुधबार सकिएको छ । सो तालिममा १० जना शारीरिक रुपमा अपाङ्ग भएका महिलाहरु सहभागि थिए । वातावरण मैत्री झोला बनाउन, कपडा सिउने मेसिन चलाउन, कपडा मिलाएर काट्न, बुनेर बनाइने सामान बनाउन सिकाइएको थियो । तालिममा सहभागीहरुले १० दिनको तालिमबाट आयआर्जन गर्ने क्षमता बनेको बताएका थिए ।
रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष आशिष भण्डारीले क्लव मार्फत अपाङ्गता भएका व्यक्तिको क्षमता विकास गर्ने काम गर्न पाउँदा खुशी लागेको बताए । उनले भने–“१० दिनको तालिमले थोरै भए पनि अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर हुने बाटो देखाएको छ ।”
अपाङ्ग जागरण अभियान चितवन अम्बिकालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई प्रमाण पत्र वितरण गरिएको थियो । अपाङ्ग जागरण अभियानले कसरी व्यवसायिक हुने, सामान बजारीकरण कसरी गर्ने, कसरी आफू आत्मनिर्भर हुने भन्ने विषयमा ४५ दिने तालिम समेत संचालन गरिरहेको छ ।
























