चितवन विशेष

पाँच महिनापछि खुल्यो चितवन मेडिकल कलेजको ताला, विद्यार्थीको शर्त कायमै

Banner

चितवन, पुस २२

झण्डै पाँच महिनापछि चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण विभागमा लगाएको ताला खुलेको छ । आज (मंगलबार) ताला लगाउने विद्यार्थीहरुले नै स्वंम खोलेका हुन् । विद्यार्थीहरुले कलेजलाई ‘आर्थिक नाकाबन्दी’ लगाउँदै शैक्षिक गतिविधि सुरु गर्न तालबन्दी खोलेको जनाएका छन् ।

पढाइ तत्कालै सुरु हुनुपर्ने तर आफ्ना सर्तहरु कलेज प्रशासनले पूरा नगर्दासम्म कुनै पनि शुल्क नतिर्ने घोषणासहित विद्यार्थीले ताला खोलेका हुन्। सीएमसीमा गत भदौदेखि तालाबन्दी थियो । विद्यार्थीहरु निरन्तर नारा जुलुस गर्दै धर्नामा बस्दै आएका थिए ।

‘केही सर्तसहितका निर्णयहरु गरी फरक किसिमको संघर्षमा जाने तर संघर्ष जारी राख्ने निर्णय भएको हो। सर्त पूरा नभए विद्यार्थी र अभिभावकहरु झन कडा संघर्षमा जानेछन्’ चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेजका विद्यार्थीका तर्फबाट प्रकाश चन्द, काठमाडौं विश्वविद्यालय परिवारका तर्फबाट नरेश भट्ट र सिएमसीको अभिभावक संघर्ष समितिका निर्मला कँडेलले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>