चितवन विशेष

भरतपुर अस्पताललाई लायन्स क्लबको उपकरण सहयोग

Banner

चितवन,पुस २२-

भरतपुर अस्पताललाई मेडिकल अत्याधुनिक उपकरण सहयोग गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय र लायन्स क्लब अफ बागेश्वरीको पहलमा भरतपुर अस्पताललाई २५ लाख बराबरको उपकरण सहयोग गरिएको हो । मंगलबार भरतपुर अस्पतालमा आयोजित कार्यक्रम मार्फत लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी २ का भाइस गभर्नर रामचन्द्र भट्ट र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीलाई संयुक्त रुपमा हस्तान्तरण गरिन् । सो उपकरण शिशुको एनआइसियु कक्षको लागि उपलब्ध गराइएको हो ।

सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर अस्पताल विपन्न वर्गका नागरिकले उपचार गर्ने प्रमुख अस्पतालका रुपमा भएको स्थापित भएको बताइन् । उनले भनिन्,‘विरामीलाई सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन भौतिक संरचना र उपकरणको आवश्यकता हुन्छ,त्यसका लागि महानगरले पनि सहयोग गर्नेछ ।’ केन्द्रिय अस्पताल घोषणा भएपनि एक बर्षको अवधिमा उल्लेख्य सुधार हुन नसकेको उनले बताइन् ।

कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले एनआइसियुमा कम तौल भएका विरामीका लागि मेडिकल उपकरण प्रभावकारी हुने बताए । भरतपुर अस्पतालमा दैनिक ४० देखि ५० शिशु जन्मने गरेको उनले जानकारी दिए । अस्पतालमा दैनिक १६ सय बिरामीले ओपिडी सेवा लिदैँ आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>