कर्पोरेट

लक्ष्मी बैँक र एफवान सफ्टबीच सम्झौता

Banner

काठमाडौँ, पुस २१-

लक्ष्मी बैँक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्विकभुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ ।

बैँकले आज जारी गरेको विज्ञप्तिमा ‘क्विक भुक्तानी’ नामक नेपालकै नविनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । सम्झौताअनुसार, लक्ष्मी बैँकले ग्राहकलाई यस प्लाटफर्ममा फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ ।

‘क्विक भुक्तानी’ यस्तो अनलाइन प्लेट फार्र्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता र सप्लायरहरु, ती सामान र सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीसँग आबद्ध बैँकलाई एकै ठाउँमा ल्याउँछ । सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान र सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँछ र त्यही प्रमाणित बिल बैँकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैँकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>