चितवन विशेष

चितवनमा चरा गणना सुरु

Banner

कृष्ण आचार्य,

चितवन,पुस २३-

चितवनमा चरा गणना सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना सुरु गरिएको हो । एसियाका देशमा चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गरिन्छ ।

वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार हरेक वर्ष जनवरी सुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ । यसपटक जनवरी ४ देखि १९ तारिकसम्म चरा गणना गरिने छ । पानी परेका कारण चितवनमा दुई दिन पछिमात्र चरा गणना सुरु गरिएको छ । चरा र तीनको वासस्थानको अवस्थाबारे अध्ययन र अनुसन्धानका लागि चरा गणना हुने गरेको बिडारीले बताउनुभयो । ‘धेरै चरा बिश्वबाट लोप भएका छन्,उहाँले भन्नुभयो’,अन्य चराको अवस्था के छ, भन्ने जानकारी प्राप्त गर्नका लागि पनि गणना गरिन्छ ।’ चितवनको ढुङग्रे खोला, बिसहजारी ताल, बुढी राप्ती, गरुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, लगायतका स्थानमा चरा गणना गरिने उहाँले बताउनुभयो । गणना नगरिएका गैंडा ताल र रिउ खोलामा पनि यसबर्ष गणना गरिने उहाँले जानकारी दिनुभयो ।

गणनाका क्रममा पानीमा आश्रित चरासँगै अन्य चराबारे समेत जानकारी लिइन्छ । पहिलो दिन सोमबार कुमरोजदेखि सौराहाको राप्तीघाटसम्म चरा गणना गरिएको छ । त्यस्तै, मंगलबार सौराहादेखि कसरासम्म गणना गरिनेछ । वर्ड एजुकेशन सोसाइटीको नेतृत्वमा भएको गणनामा चराबारे ज्ञान भएका नेचर गाईड, राप्ती जलयात्रा र नेपाल पंक्षीविद् संघका प्रतिनिधि लगाएत सहभागी छन् ।

जलवायु परिवर्तनसंगै पानी प्रदुषण र ताल तलैया सुकेका कारण चरा सङ्कटमा परेकोे चराविद्ले बताएका छन् । नेपालमा विगत ३३ बर्षदेखि चरा गणना सुरु गरिएको हो । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । चितवनमा मात्र ६४० प्रजातिका चरा पाइने बिडारीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>