चितवन विशेष

चितवनको रत्ननगरमा दुर्घटना, एकको मृत्यु

Banner

चितवन,पुस २२-

चितवनमा गएराती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ४ देबैली स्थित भित्री सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नम्वरको मिनि ट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्वरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि रत्ननगर नगरपालिका ४ देबौलीका ३० बर्षिय अजय चौधरीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>