चितवन विशेष
शैक्षिक शुल्क वृद्धि फिर्ता लिन माग
०

चितवन, पुस २१-
समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन चितवनले सामुदायिक क्याम्पसहरुमा भएको शुल्क वृद्धि फिर्ताको माग राख्दै आज बालकुमारी क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ ।
समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीले बालकुमारी क्याम्पसका क्याम्पस प्रमुख जगदिश्वर खनाललाई ज्ञापनपत्र बुझाउँदै तत्काल शुल्क वृद्धि फिर्ताको माग गरेको हो । संगठनले आज जारी गरेको विज्ञप्तिमा पुस १४ गतेबाट लागू हुने गरी चितवनका सामुदायिक क्याम्पसहरुले वृद्धि गरेको १२ प्रतिशतदेखि ३० प्रतिशतसम्म शुल्क वृद्धिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























