मकवानपुर

धमाधम लागुऔषद कारोबारी पक्राउ गर्दै मकवानपुर प्रहरी

Banner

मकवानपुर,पुस २०-

जिल्ला प्रहरी कार्यालय मकवानपुरले धमाधम लागुऔषद कारोवारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । एसपी शुशिलसिंह राठौर प्रहरी प्रमुख भएर आएपछि कारोवारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

गयराती पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानी अगाडि कारमा लुकाइ राखेको लागुऔषद बरामद गरिएको छ । हेटौंडातर्फ जाँदै गरेको विआर ०६ विजी ९५१२ नम्वरको कारको पछाडी लुकाई ल्याएको २१ किलो लागुऔषद गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी शुशिलसिंह राठौरले जानकारी दिए ।

तस्करमा संलग्न कारका चालक धनुसाका अशोक कुमार यादव,कारमा सवार मनहरी गाँउपालिका ९ का ४० बर्षिय राजकुमार मोक्तान पक्राउ परेका छन् । उनिहरु सवार कार समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई लागुऔषद कारोवार ऐन अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>