चितवन विशेष

कांग्रेस चितवनले भन्यो: उद्योग वाणिज्य संघमा भएको गोला प्रथा स्वीकार्य छैन (विज्ञप्तिसहित )

Banner

चितवन, पुस २०-

नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य नहुने बताएको छ ।

नेपाली कांग्रेस चितवनले आज एक विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने बताएको छ । कांग्रेस चितवनले सीमित व्यक्तिहरुको मनोगत उद्देश्यबाट गोलाप्रथा गरी नेतृत्व छनोट गरिएको कार्यप्रति कांग्रेसको गम्भीर असहमति रहेको उल्लेख छ । यसअघि अध्यक्षको उम्मेदवारीमा गोलाप्रथा गरी राजु श्रेष्ठ अध्यक्षमा उम्मेदवार बन्ने र चुननारायण श्रेष्ठ वरिष्ठ उपसभापति बन्ने गरी सहमति भएको थियो । नेतृत्व छनोट संस्थाको विधि विधान र प्रचलित लोकतान्त्रिक मान्यताअनुरुप हुनुपर्ने कांग्रेस चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>