चितवन विशेष

तारापुञ्ज सहकारीको परिचयात्मक कार्यक्रम तथा तालिम

Banner

लक्ष्मण गौतम,

चितवन,पुस १९-

चितवनको भरतपुरस्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आबद्ध नयाँ सदस्यहरुको परिचयात्मक कार्यक्रम तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सहकारी संस्थाले संचालक समिती उपसमिती र नयाँसदस्यहरु बिच परिचयात्मक कार्यक्रम तथा सहकारी शिक्षा कार्यक्रम गरेको हो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एबं सल्लाहाकार सदस्य गोर्बधन गौली प्रमुख अतिथी र जिल्ला बचत संघका पुर्बअध्यक्ष सल्लाहाकार प्रमुख तेजेन्द्र बहादुर खड्का तथा संस्थाका अध्यक्ष सुदीप रेग्मी बिशिष्ठ अतिथी रहनु भएको थियो । पछिल्लो समय संस्थामा आबद्ध भएका करिब ७० जना सदस्यहरु बिच भएको कार्यक्रमलाई प्रशिक्षकद्धय तेजेन्द्र खड्का र यमकला सुबेदीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहकारीमा आबद्ध भएपछि हुने फाईदा लगायत सहकारी शिक्षाका बारेमा जानकारी गराईएको थियो । सोही कार्यक्रममा सहकारी संस्थाले तयार गरेको श्रब्यदृष्य देखाइएको थियो । संस्थाका उपाध्यक्ष श्रीराम देबकोटा र सचिब रेगन पन्तले संस्थाको हालको अबस्था र गतिबिधीका बारेमा जानकारी दिनुभएको थियो । तारापुञ्ज रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा संचालक समितीका सदस्य पबित्रा पौडेलले स्बागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व शिक्षा समिती संयोजक हरि बस्तीले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>