मकवानपुर

मकवानपुर प्रहरीले गोली चलाएर भारतका गाँजा तस्करलाई समात्यो

Banner

हेटौंडा,पुस १९-

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तस्करमा संलग्नलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईको जंगलमा प्रहरी देखेपछि भाग्दै गरेका उनिहरुलाई हवाई फायर गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतिय कारका चालक भारत मोतिहारीका ३७ बर्षिय दिलिप कुमार सिंह, कारमा सवार सोही स्थानका उज्वल कुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका ४ का २४ बर्षिय विकास सिंह पक्राउ परेका छन् । उनिहरुको साथबाट अन्दाजी ३२ किलो गाँजा र तस्करमा प्रयोग गरिएको कार नियन्त्रणमा लिइएको छ ।

विशेष सूचना आधारमा गएको प्रहरी टोलीदेखेपछि भागेका उनिहरुलाई हवाई फायर गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी शुशिलसिंह राठौरले जानकारी दिए । उनले मकवानपुरलाई तस्करमुक्त जिल्ला बनाउन बिशेष अपरेशन चलाइने बताए ।

यस्तै हेटौंडा १५ बाटै लागुऔषध गाँजा तस्करमा संलग्न अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्वर ५ का ३५ बर्षिय राजकुमार मोक्तान रहेका छन् । उनिहरुको साथबाट लागु औषध गाँजा २१ किलो र ओसारपसारमा प्रयोग गरिएको बा ५ ख ७२६८ नम्वरको ट्रक नियन्त्रणमा लिइएको छ । गस्तीमा गएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे जंगलबाट उनलाई नियन्त्रणमा लिएको हो । ट्रकका चालक फरार रहेको र खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>