भिडियो

‘कमाण्डर’ को ट्रेलरमा अनुप र रविनको टक्कर

Banner

काठमाडौं, पुस १८–

चलचित्र ‘कमाण्डर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा अभिनेता अनुपविक्रम शाही र रविन तामाङबीच टक्कर परेको देखाइएको छ । माघ १० गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा अनुप प्रहरी अधिकृत र रविन तस्करको भूमिकामा प्रस्तुत भएका छन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्ममा अनुपविक्रम र रविनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । फिल्मको सहनिर्मातामा सावन जंग राना छन् ।

‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलीबेटी बेचबिखनलगायतका समसामयिक विषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउँछन् । दिवय सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>