चितवन विशेष
युवा दिवसमा मारवाडी मञ्च नारायणगढको रक्तदान
०

चितवन, पुस १८–
मारवाडी युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च, नारायणगढले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । भरतपुर उकालोमा भएको कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) एकनारायण कोइराला प्रमुख अतिथि रहेका थिए ।
मारवाडी युवा मञ्च, नारायणगढका अध्यक्ष पंजक गोयलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कञ्चन अग्रवाल, मारवाडी सेवा केन्द्र नारायणगढका अध्यक्ष दुलिचन्द डाहा, मारवाडी महिला मञ्च नाराणगढकी अध्यक्ष उषा अग्रवाल, वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच युवा दिवसकै अवसरमा मञ्चले भरतपुरमा रहेको आमाको माया छात्रावासमा आश्रित बालिकाहरुलाई फलफूल समेत वितरण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























