चितवन विशेष

बफकिङ्कलीलाई हात्ती सुन्दरीको उपाधि

Banner

चितवन,पुस १७-

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बफकिङ्कलीले हात पारेको छ । १६ औं चितवन हात्ती महोत्सव अन्तर्गत आज (बिहिबार) सम्पन्न प्रतियोगिताको फाइनलमा ज्ञानेन्द्रकुमार विष्टको ३५ बर्षिय हात्ती बफकिङ्कलीले उपाधि हात पारेको हो । प्रतियोगितामा बलराम दाहालको चम्पाकली फस्ट रनरअप र गोकर्ण गिरीको जयमतिकली सेकेण्ड रनरअप भए ।

हात्तीले १ सय पुर्णङकमा क्रमशः ६९.३३, ५८ र ५२.६० अंक प्राप्त गरे । प्रतियोगितामा युनाइटेड हात्ती संचालन सहकारी संस्थामा आवद्ध पाँच हात्ती सहभागी थिए ।  बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा बेहुलीझैं सिँगारिएका हात्तीको सुँड, दारा, खुट्टा, हिँडाइ र माहुतेको आनीबानी बुझेर निर्णय गरिएको महोत्सवका मूल सहसंयोजक क्रृषि तिवारीले बताउनुभयो ।

फाइल तस्वीर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>