चितवन विशेष

उवासंघ चितवनको अध्यक्षमा मेरो उम्मेद्वारी कायम छः कँडेल

Banner

चितवन,पुस १७-

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा बिष्णु प्रसाद कँडेलले उम्मेद्वारी दिने बताएका छन् । यसअघि नै घोषणा गरेका उनले राजु श्रेष्ठ र चुननारायण श्रेष्ठविच गोलाप्रथाबाट सहमती भएपछि  पनि आफ्नो उम्मेद्वारी निरन्तर रहेको बताए ।

‘पूर्व अध्यक्षहरुको रोहबरमा दुई आकांक्षीहरु विच गोलाप्रथा गरिएको मैले सुने, उनले भने, यसमा मेरो उपस्थिति छैन ।’ उनले आफु अहिलेपनि अध्यक्षको पदका लागि मत माग्दै हिडिरहेको बताए । उनि यसअघिको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

उवासंघ चितवनको सदस्यता नविकरणका लागि १ दिन बाँकी छ । मतदानको अधिकार प्राप्त ४४ सय सदस्यमध्य ३५५० जनाले नविकरण गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक गौरब खतिवडाले जानकारी दिए ।

संघमा अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सदस्यतर्फ उद्योगबाट ६ जना, बाणिज्यबाट ६ जना, बस्तुगतबाट ४जना , महिला उद्यामी १ जना,कर्पोेरेट सदस्य २ जना र क्षेत्रिय संगठित सदस्य १ जना निर्वाचित हुने व्यवस्था छ । संघको ५३ औं साधारणसभा तथा अधिवेशन पुस २८ र २९ गते हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>