चितवन विशेष

चितवनकी आनाले अष्ट्रेलियाबाट चलचित्रमा अभिनय सुरु

Banner

चितवन, पुस १७-

बिगत तीन वर्षदेखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन–२’ बाट डेब्यु गर्दै छिन् ।

उनी कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । अस्ट्रेलियामा हुने विविध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम सञ्चालन गरिसकेकी छन् ।

नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउने उद्देश्यका साथ अघि बढी रहेकी छिन् । चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिन लागेकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउँछिन् । विदेशमा बसेर पनि नेपाली चलचित्रलाइ माया गर्ने उनी नेपाली कला र संस्कृतिलाई विश्व सामु चिनाउने प्रयासमा लागि रहेकी छिन् । उनलाइ नयाँ चलचित्रबाट अफर आइ रहेको छ । छिट्टै उनी अर्को चलचित्रमा पनि प्रमुख भूमिकामा देखिने भएकी छिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>