चितवन विशेष

नेपाल भ्रमण बर्षः प्रदेश ३ को शुभारम्भ सौराहाबाट

Banner

चितवन,पुस १६-

प्रदेश नम्वर ३ सरकारले चितवनको सौराहाबाट नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भ्रमण बर्षको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा पर्यटन मन्त्री अरुण कुमार नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको उपस्थिति थियो । शुभारम्भ कार्यक्रम अघि प्रदेश अन्तर्गतका विभिन्न साँस्कृतिक नृत्य प्रर्दशन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले प्रदेश नम्वर ३ पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले नेपालका उत्कृष्ट पर्यटकिय गन्तव्यहरु यही प्रदेशमा रहेको भन्दै भ्रमण बर्षमा लाखौ पर्यटक भित्राइने बताए ।

यस्तै पर्यटनमन्त्री अरुण नेपालले प्रदेश नं ३ मा कला, संस्कृति र भेषभूषा अनुपन रहेको भन्दै कला,संस्कृति र भेषभूषालाई पर्यटन विकासको आधार बनाइने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले मुलुकको आर्थिक विकासको मुख्य आधार पर्यटन रहेको भन्दै भ्रमणबर्षलाई पर्यटन विकासको अबसरका रुपमा लिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी,क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश साँसद, मेयरहरु,उपमेयरहरु,निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>