खेलकुद

भरतपुरको टाइगर चोकमा ल्होसार कप फुटबल प्रतियोगिता हुने

Banner

चितवन, पुस १६-

भरतपुरको टाइगरचोक युथ क्लबको आयोजनामा ‘दोस्रो ल्होसार कप २०७६’ हुने भएको छ ।

क्लबले आज( बुधबार) एक पत्रकार सम्मेलन गर्दै दोस्रो ल्होसार कप पुस २० गतेदेखि सुरु हुने जानकारी दिएको हो ।

माघ ७ गतेसम्म हुने प्रतियोगितामा चितवन र मोफसलका उत्कृष्ट क्लबहरु सहभागी हुने आयोजक टाइगर युथ क्लबका अध्यक्ष देवराज तामाङले जानकारी दिए । नक आउटको आधारमा हुने प्रतियोगितामा चितवन यस आसपासका जिल्लाका गरी कुल १६ टोली सहभागी हुने तामाङले बताए ।

प्रतियोगितामा आयोजक टाइगरचोक युथ क्लबसँगै मनहरी ११, महोत्तरी ११, ढुडेनी फुटबल क्लब, नयाँ बस्ती क्लब, एभरेष्ट क्लब बसेनी, कालीबहादुर गण भरतपुर, बुद्ध एफसी, भरतपुर फुटबल क्लब, युनिक एफ सी, अभिषेक चर्च रजहर, जुनियर प्रहरी शिक्षालय भरतपुर, पानस फुटबल क्लब र सौराहा फुटबल क्लबको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई २ समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मनहरी ११ र महोत्तरी ११ भिड्नेछन् । प्रतियोगिताको विजेताले एक लाख १११ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १११ रुपैयाँमा चित्त बुझाउनेछ । यस्तै विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताभरकै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र गोलरक्षकले जनही पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । यसअघि भएको पहिलो संस्करणमा जुनियर प्रहरी शिक्षालय भरतपुरको टोली विजयी भएको थियो भने कालीबहादुर गण ब्यारेक भरतपुर उपविजेता बनेको थियो । गत वर्ष विजेतालाई ५० हजार तथा उपविजेतालाई २५ हजार नगद पुरस्कार रहेको थियो । यस वर्ष पुरस्कार राशी दोब्बर बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>