मनोरञ्जन
‘परदेशी–२’ बाट फिल्ममा डेब्यू गदै गायक प्रकाश सपुत
०

काठमाडौँ पुस १४-
चर्चित लोक गायक प्रकाश सपुतले अब चलचित्र खेल्ने भएका छन्। प्रकाशले नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘परदेशी–२’ मा डेब्यू गर्न लागेका हुन्।
२०७२ सालमा ‘परदेशी’ प्रदर्शनमा आएको थियो। त्यसैको सिक्वेलमा अभियन गर्न लागेको प्रकाशले जानकारी दिए। हिरोको रूपमा डेब्यू गर्ने कुरा भइरहेको उनले बताए।
“हिरोको रूपमा खेल्ने कुरा भइहेको छ। अहिले नै अफिसियल रूपमा घोषणा भएको छैन। तर, निर्माता तथा निर्देशकसँग कुरा फाइनल भइसकेको छ। यसको आधिकारिक घोषणा नहुँदासम्म केही भन्न मिल्दैन” उनले भने।
माघ पहिलो हप्ता यसको घोषणा गरिंदैछ। त्यही बेला आधिकारिक जानकारी गराइने प्रकाशले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























