चितवन विशेष

भरतपुरलाई गुट्खामुक्त बनाउन वे ग्रुपको खबरदारी, नगरसभा परिसरमा नै प्लेकार्डसहित प्रदर्शन

Banner

निशा श्रेष्ठ

चितवन पुस १३-

भरतपुरको हाकिमचोकमा रहेको स्टार ब्याङ्क्वेट परिसरमा आइतबार बिहान भरतपुर महानगरको पाचौँ नगरसभा  कार्यक्रमको बाक्लो चहलपहल थियो । सोही समयमा केही युवाहरु हातमा विभिन्न नारासहितका प्ले कार्ड र ब्यानर बोकेर उभिरहेको दृश्य देखिन्थ्यो । यो दृश्य अरु केही नभएर चितवनलाई गुट्खामुक्त गरिनुपर्छ भनेर निकालिएको दबाब र्‍याली हो । सो र्‍याली  सरसफाइमा निरन्तररुपमा चितवनमा लागिरहेको अग्रिणी संस्था वे गुप्रले दबाबस्वरुप निकालेको हो ।  र्‍यालीमा ‘विष बेच्न पाइँदैन गुट्खा हामीलाई चाहिँदैन’, ‘स्वस्थ नागरिक बिनाको स्मार्ट सिटी परिकल्पना असम्भव’, ‘भरतपुर महानगरको पाँचौ नगरसभाबाट महानगरलाई गुट्खामुत्त घोषणा गरियोस्’ लगायतका नारा लेखिएका प्ले कार्ड देख्न सकिन्थ्यो ।

वे ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले महानगरको पाचौँ नगरसभाबाट गुट्खामुक्त घोषणा गर्नका लागि दबाबस्वरुप र्‍याली गरिएको बताए । विसं २०७४ सालमा पहिलो नगरसभाबाट भरतपुर महानगरले गुट्खामुक्त गर्नका लागि सबै स्थानीय निकायको ऐक्यबद्धतासहितको प्रतिबद्धता गरे पनि कार्यान्वय हुन नसकेको उनले बताए । उनले भने ‘सरसफाइमा लाग्दै गर्दा बाटैभरी गुट्खाका खोल अत्यधिक भएकाले टिप्नै नसकिने स्थिति छ यो आमनागरिकको स्वास्थ्य र सरसफाइसँग जोडिएको विषय भएकाले महानगरले नेतृत्व लिएर गुट्खामुक्त गरिनुपर्छ ।’

भरतपुर महानगरका सामाजिक विकास कोषका उपसचिव पधुम्न उपाध्यायले गुट्खामुक्त महानगर बनाउन ऐन नियम बनाएर मात्रै कार्यान्वयमा जान सकिने बताउँछन् । तर, पहिलो प्राथमिकता सरसफाइको बारेमा जनचेतना फैलाउनुपर्ने उनी बताउँछन् । यसैगरी महानगरले फोहोर फाल्नेलाई पाँच हजार देखि ५० हजारसम्म जरिवानालगाए पनि अनुगमन र कारबाही प्रभावकारी हुन नसकेको बताउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>