चितवन विशेष
पटिहानी पर्यटन विकास समितिमा थपलियाको नेतृत्व
०

चितवन, पुस १२-
पटिहानीमा आज भएको भेलाले पर्यटन विकास समितिको अध्यक्षमा शंकरराज थपलियालाई चयन गरेको छ ।
समितिको उपाध्यक्षमा साजनकुमार महतो, सचिवमा सुमन ढकाल, सहसचिमा सुमित्रा पण्डित, कोषाध्यक्षमा रामराज तिवारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा धर्मागत न्यौपाने, पूर्णबहादुर पाण्डे, सकुन्तला ढकाल, संजिब पाण्डे, सुशिला बराल, बिन्दु खड्का रहेका छन् । त्यसैगरी समितिमा पदेन सदस्यहरुमा पटिहानी उपभोक्ता समितिका अध्यक्ष, बेलसहर सामुदायिक वनका अध्यक्ष, वीरेन्द्रनगर सामुदायिक वनका अध्यक्ष, भरतपुर २२ का वडा प्रतिनिधि, पर्यटक प्रहरी कार्यालय प्रमुख, क्षेत्रीय होटल संघ कसरा र पटिहानी होटल एशोसिएन अध्यक्ष रहेका छन् । पटिहानी पर्यटन व्यवसायी संघका अध्यक्ष खेम भट्टको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























