चितवन विशेष

अन्तर महिला हाजिरी जवाफ प्रतियोगितामा शिव टोल विकास संस्थाले जित्यो

Banner

चितवन पुस ११-

भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुरमा भएको टोल स्तरीय महिला हाजिरीजवाफ प्रतियोगिता शिव टोल विकास संस्थाले जितेको छ । आज भरतपुर महानगरपालिकाको वडा नं ७ को आयोजनामा भएको सो कार्यक्रममा वडाका १४ वटा टोलका महिला समुहको सहभागिता रहेको थियो।

प्रतियोगितामा शिव टोल विकास संस्था प्रथम, सनराइज टोल विकास संस्था द्वितीय र सृजना चोक टोल विकास संस्थाले तृतीय स्थान हासिल गरेको थिए ।
शिव टोल विकास संस्थाबाट शारदा भट्टर्राइ, देवी तिमिल्सीना, भगवती सापकेटा र कमला पौडेलको टोली प्रथम भएको थियो ।

त्यसैगरि सनराइज टोल विकास संस्थाबाट सन्जु काफ्ले, निर्मला पोख्रेल, दिपा गैरे र इन्दीरा गैरेको टोली द्वितीय भएको थियो । त्यस्तै जना चोक टोल विकास संस्थाबाट दुर्गा सिलवाल, मुना पौडेल, सरला पौडेल र शारदा शर्माको टोलीले तृतीय स्थान हासील गरेको हो ।

बिजेता टोलीहरूलाई वडा नं ७ का वडाध्यक्ष राजेन्द्र मणी काफ्लेले प्रसंसा पत्रसँगै नगद पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै उनले यस्ता खाले कार्यक्रमले महिला सशक्तिकरणमा टेवा पुग्ने बताउदै यस्तै अन्य कार्यक्रममा पनि उत्सहापुर्ण तरिकाले सहभागि हुन अनुरोध समेत गरे ।

कार्यक्रमको सञ्चालन बेटर चितवनका सुजाता देवकोटा, सविता अधिकारी र सागर कार्कीले गरेका थिए ।

वडा नं ७ का वडाध्यक्ष राजेन्द्र मणी काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन वडा सदस्य सरिता कुमारी सुवेदी पाठकले गरेकी थिइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>