चितवन विशेष
चितवन कारागारका क्यान्सर पीडित कैदीको मृत्यु
०

चितवन,पुस ६-
चितवन जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ । सुर्खेत गुभाकोट नगरपालिका ४ की ३३ बर्षिय तुलसा दमाईको मृत्यु भएको कारागारले जनाएको छ । दमाई क्यान्सर पीडित रहेकी थिइन । उनलाई सुर्खेत कारागारबाट उपचारका लागी जेठमा चितवन ल्याइएको थियो ।
दमाईको उपचारकै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमल प्रसाद काफ्लेले बताउनुभयो । उनिविरुद्ध लागु औषद मुद्धामा २०७४ साल माघ १० गते ३ वर्षको कैद सजाय भएको थियो । कारागारका अनुसार उनले २ वर्ष कैद भुक्तान गरीसकेकी थिइन । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























