भिडियो

निर्मला पन्तको विषयमा निर्मित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक

Banner

चितवन, पुस ५–

नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण भएको यस चलचित्रको युट्युवबाट ट्रेलर सार्वजनिक गरिएको हो । सामाजिक कथा वस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको छ । कोपिलाको बलाकारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थीति ट्रेलरमा दर्शाइएको छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुख्य भुमिका निर्वाह गरेका छन् । चलचित्रमा सरिता, गणेश, सन्जीवनी संगै प्रकृती खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का, सूर्यप्रसाद अधिकारी, राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ ।

गणेश गिरिको प्रस्तुती रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन भने चलचित्रकोे कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन । चलचित्रमा समिर मिया, रामेश्वर कार्र्की सह निर्माताको रुपमा रहेका छन । चलचित्रमा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>