चितवन विशेष

देवघाटका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

Banner

चितवन, पुस २-

देवघाट गाउँपालिका–४ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयका कक्षा एकदेखि सातसम्म अध्ययनरत १०० जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट र टोपी वितरण गरिएको छ ।

तनहुँ व्यास नगरपालिकमा रहेको अजय काष्ठ फर्निचर उद्योगका सञ्चालक बाबुराम पुरीले करिब ८० हजार रुपैयाँ बराबरको ट्रयाक सुट र टिसर्ट वितरण गरेका हुन् । साथै ४५ वटा टोपी भने देवघाट वडा नम्बर ५ का समाजसेवी पूर्णबहादुर कँुवरले विद्यार्थीलाई वितरण गरेका थिए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाट गाउँपालिकाको विकट वडा भित्र वडा नम्बर ४ पर्ने अवगत गराए । उनले यहाँको विकासको लागि गाउँपालिकाको बजेटले मात्र नपुग्ने हुँदा प्रदेश र केन्द्रबाट पनि बजेट माग गरी शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा विकासको लागि अगाडि बढाउने बताए । उनले विकट ठाउँमा आएर यति ठूलो सहयोग गर्ने बाबुराम पुरी र पुर्णबहादुर कुँवरलाई धन्यवादसमेत दिए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापाले देवघाट गाउँपालिका विकासमा अगाडि बढिरहेकोले शैक्षिक क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताए । राष्ट्रिय आधारभूत विद्यालयका शिक्षिका दिलमाया गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट ४ नम्बरका वडाका वडा अध्यक्ष पदमबहादुर गुरुङ, देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य भोगीमाया राना र अनिता गुरुङ, बाबुराम उप्रेती, देवघाट गाउँपालिकाका इन्जिनियर प्रमुख तीर्थराज ढुंगाना, शिक्षक, अभिभावक संघका अध्यक्ष ओमबहादुर भुजेल, देवघाट ४ का नेकपाका अध्यक्ष कविराज गुरुङ र नेविसंघका अध्यक्ष हरी कुँवरलगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम भने विद्यालय व्यवस्थापन संघका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>