चितवन विशेष

अर्गानिक उत्पादनका लागि गाँउ-गाँउमा अभियानः मन्त्री लामा

Banner

चितवन,पुस १-

प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जै लामाले अर्गानिक तरकारी उत्पादनका लागि अभियान चालाउने बताउनुभएको छ । विषादी अवशेष परीक्षण प्रयोगशालाको आज भरतपुरमा उद्घाटन गरेपछि बोल्दै उहाँले बिषादी रहित उत्पादन बढाउन गाँउ–गाँउमा अभियान चलाइने बताउनुभयो । उहाँले भन्नुभयो,‘बिषादी भएको तरकारी हामीले नै खाने हो भन्ने थाहा हुँदाहुँदै पनि प्रयोग गरिरहेका छौं, जसले गर्दा क्यान्सर जस्ता प्राणघातक रोगहरु बढिरहेका छन् ।’ उहाँले बिषादी परिक्षण गर्नै नपर्नेगरी अर्गानिक उत्पादन बढाउनुपर्ने बताउनुभयो । यसका लागि किसानलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले बिषादी अवेशष परीक्षण प्रयोगशाला निरन्तर प्रयोगमा ल्याउन निर्देशन दिनुभयो । ‘आज उद्घाट ग¥यो अनि भोलीदेखि बिर्सनुभयो भने यसको मूल्य मान्यता केही पनि रहँदैन,उहाँले भन्नुभयो’,यसलाई निरन्तर संचालनमा ल्याउनुपर्छ ।’ चितवनमा उत्पादन भएको तरकारी देशभरका नागरिकले उपभोग गर्ने भएकोले संवेदनशिल भएर काम गर्न उहाँको आग्रह छ । उहाँले सबै नागरिकले स्वास्थ्य जिवन जिउने वातावरण बनाउने अभियानमा हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री लामाले कृषि बजारबाट निस्कने कुहिएका फलफुलबाट अर्गानिक मल उत्पादन गर्न सुझाब दिनुभयो । पछिल्लो समय कृषि क्षेत्रमा लाग्नेको लहर चलेको भन्दै उहाँले त्यसलाई सरकारले व्यवस्थित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । सरकारले दिने अनुदान परिणमुखी र सिधै किसानसंग पुग्ने माध्याममा आफू केन्द्रित भएको उहाको भनाई छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य विजय सुवेदी,रामलाल महतो,जिल्ला विकास समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्की,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>