चितवन विशेष

चितवनका पत्रकार सिंखडा सम्मानित

Banner

चितवन, मंसिर २८-

रत्ननगर नगरपालिका–१२ मा रहेको जमुनापुर हेल्प सोसाइटीको पाचौँ वार्षिक साधारण सभामा पत्रकार शिशिर सिंखडा सम्मानित भएका छन् ।

पत्रकारिताको माध्यमबाट स्थानीय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार सिंखडालाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको हो ।  सोही कार्यक्रममा संस्थालाई आर्थिक सहयोग गर्नुहुने सहयोगीदाता तथा सामाजिक व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का सांसद कञ्चन खनाल, संस्थाका आर्थिक व्यवस्थापन समितिका संयोजक शिवराम केसी, सामुदायिक सहयोग केन्द्र नेपालका अध्यक्ष केशव पाण्डे, रोटरी क्लब अफ काठमाडौँ नर्थका पूर्वअध्यक्ष ऋषिराज उपाध्याय, रत्ननगर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष दिलबहादुर पाख्रिनले कार्यक्रममा मन्तव्य राखेका थिए ।

संस्थाका सल्लाहकार संयोजक कपिलदेव सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रममा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष रामहरि अधिकारी, पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका सचिव चन्द्रकला पनेरु, समाज कल्याण परिषद्का पूर्वसदस्य लक्ष्मी कोइराला, राष्ट्रिय आधारभूत विद्यालय जमुनापुर ‘क’ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद शर्मालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा शान्ति वाग्लेले कविता वाचन गरेकी थिइन् भने संस्थाका अध्यक्ष रविन्द्रजंग थापाले संस्थाको प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष सुजिन्द्रबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा सामुदायिक सहयोग केन्द्र नेपालले स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउने घोषणा गरेका थिए । संस्थाका अध्यक्ष रविन्द्रजंग थापाको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष रमेश बाबु कट्टेलको संयोजकत्वमा कार्यक्रम भएको थियो । सो जमुनापुर  हेल्प सोसाइटी मार्फत् हाल बहुउद्देश्यीय भवन निर्माण कार्य भइरहेको छ । सो भवन निर्माण सम्पन्न भएपछि स्थानीयहरुले विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>