चितवन विशेष

गुञ्जनगरमा ज्येष्ठ नागरिक सम्मानित

Banner

चितवन, मंसीर २८- 

पश्चिम चितवनको गुञ्जनगरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

भरतपुर महानगरपालिका–१९ मा स्याङ्जाली ढकालहरुले आफ्नो कुलका ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । कुल पूजामा ढकाल कुल देवता समितिले ७० वर्ष कटेका वृृद्धवृृद्धालाई सम्मान गरेको हो । कुल मन्दिरपरिसरमा आयोजित सम्मान कार्यक्रममा २२ जनालाई सम्मान गरिएको समितिका अध्यक्ष मुक्तिनाथ ढकालले बताए ।

स्याङ्जाको पञ्चमुल दरौ सिरुवारीका ढकालहरुले गुञ्जनगरमा कुल मन्दिरको स्थापना गरेर बर्सेनि पूजा गर्दै आएका छन् । चितवन , नवलपुर, नवलपरासीलगायतमा छरिएर बसेकाहरु कुल पूजाबाट एकत्रित भएको सचिव रमाकान्त ढकालले बताए । मन्दिरका लागी जग्गा अपुग भएपछि विभिन्न दाताले आज १२ लाख रुपैयाँ सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>