चितवन विशेष

भ्रमणको निम्तो गर्न भरतपुरका प्रमुख र उपप्रमुख बेल्जियममा

Banner

चितवन, मंसिर २६-

नजिकिँदै गरेको भ्रमण वर्ष सन् २०२० को निम्तो गर्न भरतपुर महानगरपालिका नगर प्रमुख र उपप्रमुख बेल्जियम पुगेका छन् ।

निम्तोसँगै युरोपको विकास निर्माणलाई अध्ययन गर्न भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह यतिबेला बेल्जियममा व्यस्त छन् । उनीहरुले बेल्जियमको प्रधानमन्त्री एनएम मोन्ड र युरोपियन संसद अन्तर्गतको ईसीआर समूहका उपाध्यक्ष एसिटा कानकोसँग दुई पक्षीय भेटवार्ता गरेको नगरप्रमुखको निजी सचिवालयले जनाएको छ ।

भ्रमणको व्यवस्थापन गरेका भरतपुर महानगरपालिका स्थायी घर भई हाल बेल्जियमको सबैभन्दा ठूलो राजनीतिक दल एनभीएको ग्रोबेन्दोङ् नगरका संगठन प्रमुख एवम् वातावरण सल्लाहकार कृष्ण रेग्मीका अनुसार भेटका क्रममा नगर प्रमुख र उपप्रमुखले प्रधानमन्त्री मोन्ड र कान्कोलाई भ्रमण वर्ष सन् २०२० मा भ्रमणको निम्तो दिएका थिए ।

प्रमुख दाहाल र उपप्रमुख शाहले एक सिंगे गैँडाको मायाको चिनो उपहार दिँदै उनीहरुलाई नेपाल सुन्दर देश भएको भन्दै एक सिंगे गैँडा अवलोकनका लागि निम्तो दिएका थिए । सो क्रममा उनीहरुले नेपालमा लामो समयपछि स्थानीय तहमा निर्वाचन भएको र विकसित मुलुकहरुले गरेका विकासलाई आफूहरुले पच्छ्याउने गरी काम सुरु गरेको बताए । रेग्मीका अनुसार प्रमुख र उपप्रमुखलाई मोन्ड र कान्कोले यहाँको प्रविधि अनुसरण गरी विकास गर्न आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए । प्रमुख र उपप्रमुखले आज बेल्जियमको सत्तारुढ दलको सबैभन्दा ठूलो पार्टी एनभीएका सभापति एवम् त्यहाँको ठूलो नगरपालिका एन्ट्रोपेन सिटी प्रमुख वर्त द वेभरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>