चितवन विशेष

चितवनमा शिक्षालाई सुधार्ने प्रयास, स्थानीय तहद्वारा पाठ्यक्रम निर्माणलाई प्राथमिकता

Banner

चितवन, मंसिर २५-

चितवनको शैक्षिक गुणस्तर सुधारका लागि जारी गरिएको सौराहा घोषणापत्रमा बुधबार दुई बुँदा थप गरिएको छ ।

कालिका नगरपालिकाले गरेको माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया चितवनका सामुदायिक विद्यालयलाई अब्बल बनाउन घोषणापत्रमा दुई बुँदा थप गरिएको कालिकाका मेयर खुमनारायण श्रेष्ठले बताए । दुई बुँदामा विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान र स्थानीयस्तरमा पाठ्यक्रम निर्माणलाई प्राथमिकता दिइएको रत्ननगरका मेयर नारायण वनले बताए । चितवनका स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गत साउनमा १९ बुँदे सौराहा घोषणापत्र जारी गरी कार्यान्वयनको लागि कार्यदल समेत बनाएका थिए । कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारी र शिक्षाविद् रमाकान्त सापकोटाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख सीताराम कोइराला, रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रिनारायण शर्मा, कालिका नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्ले, खैरहनी नगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, राप्तीकी सामाजिक विकास समितिकी संयोजक पुष्पा कुँवरलगायतले शैक्षिक गुणस्तर सुधारको गरिएका काम वारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रदेशसभा सांसद घनश्याम दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगरकी उपमेयर विमला दुवाडी, सात वटै स्थानीय तहका सामाजिक विकास समितिका संयोजक, शिक्षा शाखा प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कालिकाका सामाजिक विकास समितिका संयोजक विनोद रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>