अन्तर्वार्ता

निःशुल्क जापानिज भाषा अध्ययनको प्रमुख गन्तव्य निहोन

Banner

शम्भु पन्त ‘चार्ली’ चितवनको शैक्षिक क्षेत्रमा एक परिचित नाम नै हो । गोरखाको साविक ताङ्लीचोक गाविस–१ सिम्लेमा जन्मिएका चार्लीले काठमाडौँबाट आफ्नो अध्ययन पूरा गरेपछि चितवनलाई नै कर्मथलो बनाए । नारायणगढ लायन्स चोकको निहोन एजुकेशनल सेन्टर प्रालिका प्रवन्ध निर्देशक उनी एक अनुभवी जापानिज भाषा शिक्षक पनि हुन् । उनी विद्यार्थीलाई विदेशमा उच्च शिक्षाको परामर्श मात्र दिँदैनन् । फुर्सद मिल्नासाथ फूटबल खेल्ने, हेर्ने साथै गीतहरुको रचना गर्ने पनि उनका सौखहरु छन् ।

चार्लीका गीतमा चर्चित गायक प्रमोद खरेलदेखि नेपाल आइडल रवि ओडसम्मले गाएका छन् । ‘तिम्रो लागि अग्निमा’, ‘मायाप्रिति’ उनका पुराना चर्चित गीत हुन् भने अब उनको नयाँ एल्बम चार्लीज् आइडल सङ निकट भविष्यमा बजारमा आउने तयारीमा छ । उनै बहुप्रतिभाको धनी चार्लीसँग नारायणी अनलाइनले गरेको व्यवसायिक वार्ताको केही अंश :

प्रश्न : विद्यार्थीहरुले तपाईँको निहोन एजुकेसनल सेन्टर किन रोज्ने ?

जवाफ : निहोन मलाई निकै मन परेको नाम हो । जसले जापानलाई बुझाउँछ । काठमाडौँको वानेश्वरमा निहोन एजुकेसन सेन्टर भन्ने सुनेको थिए । पछि मलाई पनि साथीहरुले कन्सल्टेन्सीको नाम निहोन राख्न अनुरोध गरे । जसकै कारण मैले नारायणगढमा विसं २०७२ सालमा निहोन एजुकेसन सेन्टर खोलेँ । नाम मात्र होइन यसले दिने सेवाहरु विश्वसनीय र भरपर्दो भएकोले पनि यसमा विद्यार्थीहरु आकर्षित हुने गरेका छन् ।

प्रश्नः कस्ता कस्ता सेवाहरु उपलब्ध छन् ?

जवाफ : निहोन एजुकेसन सेन्टरमा जापानको जस्तै संस्कार र वातावरण पाउन सकिन्छ । मैले सेन्टरमा भाषा कक्षा निःशुल्क गरेको छु । त्यसैगरी जापान भिसा आवेदनमा पनि हामीले ५० प्रतिशत छुट गराएका छौं । एजुकेसन सेन्टरभित्र विद्यार्थीलाई पुस्तकको लागि पैसा तिर्न नपर्ने व्यवस्था गराएका छौं । विद्यार्थीहरुलाई भविष्यमा रोज्ने व्यवसायको बारेमा परामर्श पनि गरिने भएकोले सबैको रोजाइमा निहोन नै परेको छ ।

प्रश्न : आजसम्म कति विद्यार्थी तपाइँको एजुकेसन सेन्टरबाट विदेश गए ?

जवाफ : हामीहरुले कोरिया र युरोपका विभिन्न देशहरुमा पनि विद्यार्थी पठाउने भए पनि जापानमा हामी बढी केन्द्रित भएका छौं । जापानमा हामीले ५२ जना विद्यार्थी पठाइसकेका छौं भने अहिले ४० जनाभन्दा बढीले भिसा आवेदन गरिरहेका छन् । जापान पुगेका विद्यार्थीले पनि हामीसँग निरन्तर सम्पर्क गरिरहन्छन् । हामीले पठाएका विद्यार्थीहरुबाट अहिलेसम्म हाम्रो सेवाप्रति कुनै नराम्रो प्रतिक्रिया दिएका छैनन् ।
त्यसैगरी हामीले यही वर्षबाट कोरिया पनि विद्यार्थीहरु पठाउन सुरु गरेका छौं । कोरियामा १० वर्ष बसेर आएका योग्य प्रशिक्षकले कोरिएन भाषा पढाइरहेका छन् । निहोनबाट युरोपियन देशहरु माल्टा, साइप्रस, लक्जेम्बर्ग, डेनमार्क, पोर्चुगल र साइप्रस पनि विद्यार्थी पठाउन थालिएको छ । साइप्रस चाहीँ आईएलटीएस नभए पनि विद्यार्थीहरु जान सक्छन् ।

प्रश्न : जपानिज भाषाको लागि जापानिज भाषा प्रशिक्षक ल्याउने व्यवस्था छ ?

जवाफ : एक वर्षमा दुई देखि चार जना गेष्ट लेक्चर ल्याउने व्यवस्था मिलाएका छौं ।

प्रश्न : जापानमा काम र शिक्षाको अवसर कस्तो छ ?

जवाफ : जापानमा दुःख गर्न सक्छु भन्ने हिसाबले जाने विद्यार्थीलाई धेरै राम्रो छ । काम र अध्ययनको अवसर धेरै राम्रो छ ।

प्रश्न : अन्त्यमा, तपाईँ गीतकार पनि हुनुहुन्छ ? गीत लेख्ने प्रेरणा को बाट पाउनुभयो ?

जवाफ : भित्री मनबाटै आएको हो ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>