चितवन विशेष

वडा अध्यक्षलाई कालोमोसो दल्ने कांग्रेस कार्यकर्ता पक्राउ गर्न नेकपा चितवनको माग(विज्ञप्तिसहित)

Banner

चितवन, मंसिर २२

इच्छाकामना गाउँपालिका–२ का आफ्ना दुई स्थानीय नेतामाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले गरेको आक्रमणप्रति नेकपा चितवनले भत्सर्ना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले आज विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष पञ्चबहादुर चेपाङ तथा पार्टी वडा अध्यक्ष प्रकाश बुढाथोकीमाथि नेपाली कांग्रेसका केही उच्छृंखल व्यक्तिबाट शनिबार भएको कुटपिट तथा गम्भीरखालको दुव्र्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

इच्छाकामना गाउँपालिकाको वडा नं. २ स्थित प्राथमिक विद्यालय नजिक जोखालाल चेपाङको घरमा कांग्रेसद्वारा तालाबन्दी गरेको अवस्थामा वडा कार्यालय सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आदेशबमोजिम सामुदायिक भवनमा सार्न खोज्ने क्रममा नेपाली कांग्रेसका सक्रिय कार्याकर्ताहरु उत्तर गुरुङ, विर्खबहादुर गुरुङ, विजय गुरुङ, गीताबहादुर गुरुङ, जोखालाल चेपाङलगायतले उनीहरुमाथि कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । सोही वडाका अध्यक्ष चेपाङ तथा वडा पार्टी अध्यक्ष बुढाथोकीमाथि कुटपिट गर्दै कालोमोसो दल्ने र जुत्ताको माला लगाउने र मानव मलमूत्र खुवाउन खोज्नेसम्मको दुष्प्रयास भएको भन्दै पार्टीले घटनाको भत्सर्ना गरेको छ । विज्ञप्तिमा घटनाले आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको प्रजातान्त्रिक कुसंस्कार आम जनताबीच छर्लङ्ग देखिएको पनि उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विज्ञप्तिमा सांघातिक आक्रमणमा उत्रने नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताहरुलाई तुरुन्त पक्राउ गरी सत्यतथ्य छानकिन गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न माग पनि गरेको छ ।

press not ichhakamana

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>