चितवन विशेष

चितवनमा केम्पो खुकुरी मार्शल आर्ट गठन

Banner

चितवन, मंसिर २१–

चितवनमा पहिलो पटक नेपाल केम्पो खुकुरी मार्शल आर्ट जिल्ला संघ गठन भएको छ ।

शनिबार भरतपुरमा भएको एक भेलाबाट सुभाषचन्द्र घिमिरेको अध्यक्षतामा नौ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा रमेशबाबु भुजेल, उपाध्यक्षमा राम कार्की र प्रकाश गौतम, सचिवमा सरोजचन्द्र घिमिरे र कोषाध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् ।

यसैगरि सदस्यमा गोपाल लामा, जनकराज पौडेल र पुजन ठकरी चयन भएको चिव घिमिरेले जानकारी दिए । नेपाल मौरीपालक महासंघको सभाहल भरतपुरमा भएको भेलामा संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे प्रमुख अतिथि रहेका थिए । भेला प्रदेश ३ का उपाध्यक्ष कृष्णहरि जमरकट्टेलको संयोजकत्वमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>