चितवन विशेष
भरतपुरको मृककुञ्ज टोलमा पुनः तामाङको नेतृत्व

चितवन, मंसिर २१-
भरतपुर महानगरपालिका वडा नम्बर ११ को मृगकुञ्ज टोल विकास संस्थामा पुन: कुलबहादुर तामाङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
टोलको आज भएको पहिलो साधारण सभा तथा दोस्रो अधिवेशनले तामाङलाई पुन अध्यक्षमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा उमाकान्त रेग्मी, सचिवमा मधुसूदन दवाडी, सहसचिमा मित्रलाल अधिकारी र शान्ताविष्ट कडरिया, कोषाध्यक्षमा लक्ष्मी निरौला चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा बलराम पन्त, सरस्वती गिरी, सरस्वती ढकाल, शान्ता रेग्मी, अमित तिवारी, पञ्चमाया गुरुङ, बच्चु नेपाली, अञ्जु न्यौपाने चयन भएका छन् । नयाँ कार्यसमितिको पहिलो बैठकले एक जना थप सदस्यको चयन गर्नेछ । अधिवेशनमा गठन भएको नेरबहादुर गाहा र युवराज रानाको दुई सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो ।
मृगकुञ्ज टोल विकास संस्थाले अधिवेशनको अवसरमा टोलका वृद्धवृद्धा, अपाङ्गता भएका नागरिक र टोलमा विशेष योगदान दिने नागरिकलाई सम्मानित गरेको छ । सम्मानित हुने हरुलाई भरतपुर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले सम्मानपत्र र खादा प्रदान गरेका थिए । सम्मानित हुनेहरुमा १०१ वर्षका बलबहादुर बानिया, ८९ वर्षका ऋषिराम ढकाल, ८६ वर्षका रमा ढकाल, ८६ वर्षका शेरबहादुर तामाङ, ८६ वर्षका ओमबहादुर बराम रहेका छन् ।

संस्थाले टोलमा अपाङ्गता भएका सावित्री रेग्मी र जीवन श्रेष्ठ, टोलबाट वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा दोस्रो हुने कञ्चन बगालेलाई पनि सम्मान गरेको छ । टोलको सरसफाइमा विशेष योगदान पु¥याउने सम्झना रेग्मी र प्रेमकुमार श्रेष्ठलाई पनि मृगकुञ्ज टोल विकास संस्थाले सम्मानित गरेको छ । टोलमा नागरिकको सुरक्षामा ध्यान दिएर चोरहरु पक्रन सहयोग गर्ने कालीबहादुर तामाङ र यमबहादुर थापा मगरलाई पनि टोलले सम्मान गरेको छ ।
टोलका अध्यक्ष कुलबहादुर तामाङको अध्यक्षतामा भएको दोस्रो अधिवेशनको उद्घाटन शत्रमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अधयक्ष बाबुराम अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष अधिकारीले टोलको विकासमा सबै जना कुनै राजनीतिक दल नभनी एकजुट हुनुपर्ने विचार राखे । कार्यक्रममा भरतपुर ११ का टोल विकास संस्थाका अध्यक्ष रविन्द्र बराल, नेपाल कम्युनिस्ट पार्टी भरतपुर वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश आचार्य, नेपाली कांग्रेसका वडा उपसभापति महेश्वर ढकाल, नेकपाका युवा नेता ऋषिकेश रेग्मी, गोरखाली टोलका अध्यक्ष लालप्रसाद ढकाल, मृगकुञ्ज आमासमूहकी अध्यक्ष सम्झना रेग्मीलगायतले मन्तव्य राखेका थिए । साधारण सभामा संस्थाकी कोषाध्यक्ष शान्ता विष्ट कडरियाले कोषाध्यक्षको प्रतिवेदन र सचिव शंकर त्रिपाठीको अनुपस्थितिमा अध्यक्ष तामाङले सचिवको प्रतिवेदन पेस गरेका थिए ।

























