चितवन विशेष

सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी विकास बैंक

Banner

चितवन, मंसर १९–

गण्डकी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत रत्ननगर टाँडी स्थित बकुलहर रत्ननगर अस्पताललाई २ थान ३ सिटे कुर्ची सहयोग प्रदान गरेको छ ।

कार्यक्रममा अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्य (निवर्तमान अध्यक्ष) देवेन्द्र कुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेड डा. विश्वबन्धु बगाले, विभिन्न डाक्टरहरु, अस्पताल कर्मचारी र बैंकको तर्फबाट चितवन क्लस्टर प्रमुख श्री सुरज शर्मा, टाँडी शाखाका प्रमुख प्रेम घिमिरे लगायत शाखा कार्यालय नारायणगढ, टाँडी, पर्सा, भरतपुर, भोजाडका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कुर्ची हस्तान्तरण गर्दै सुरज शर्माले बैंकको वर्तमान वित्तीय स्थिति, संस्थागत उत्तरदायित्व अन्तरगतका कार्यक्रम तथा भावि कार्यदिशाबारे जानकारी प्रदान गरेका थिए । यस्तै देवेन्द्रकुमार श्रेष्ठ तथा विश्वबन्धु बगालेले गण्डकी विकास बैंकलाई सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनहरुमा पनि बैंकबाट यस्तै प्रकारका अन्य सहयोगको अपेक्षा राखेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>