चितवन विशेष

एमबीबीएस र बीएनएसका विद्यार्थीद्वारा वार्षिक परीक्षा बहिष्कार

Banner

चितवन, मंसिर १९–

एमबीबीएस र बीएनएसमा अध्ययनरत नियमित विद्यार्थीहरुले बिहीबार भएको बोर्डको वार्षिक परीक्षा बहिष्कार गरेका हुन् ।

एमबीबीएस तर्फ १२० जना र बीएनएस तर्फका ३८ जना विद्यार्थीहरुले बिहीबार परीक्षामा अनुपस्थित भएको मेडिकल कलेजले जनाएको छ । यस्तै मेडिकल कलेजका अनुसार एमबीबीएस र बीएनएसतर्फका पुरक परीक्षामा भने विद्यार्थी सहभागि भएका छन् । यसैबीच, आन्दोलनरत विद्यार्थीहरुले परीक्षास्थलमा अवरोध गर्न थालेपछि प्रहरीसँग सामान्य झडप भएको छ ।

कलेज प्रशासनमा लगाइएको ताला फोडिएको भन्दै विद्यार्थीहरुले अवरोध गरेपछि प्रहरीले लाठ्ठी चार्ज गरेको थियो । सो क्रममा केही विद्यार्थी र केही प्रहरी जवान सामान्य घाइते भएका छन् । सरकार र मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमति भए पनि विद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>