चितवन विशेष

भरतपुर १६ का वडाध्यक्ष हमालको निर्णयः आफैलाई पराजित गरेका स्वर्गीय गुरुङको शालिक बनाउने

Banner

चितवन, मंसिर १८–

तपाइलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । जसले आफूलाई पराजित गरे अहिले उनैको अर्धकदको शालिक बनाउने निर्णय । तर चितवनको भरतपुर महानगरपालिका वडा नंं.१६ मा यस्तै भएको छ । स्थानीय तहको निर्वाचनमा आँफैलाई पराजित गरेर अध्यक्ष बनेका व्यक्तिको अर्धकदको शालिक निर्माण गर्ने निर्णय भएको छ ।

तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भई अर्बुद (क्यान्सर) रोगका कारण निधन भएका चर्तुमान गुरुङको अर्धकदको शालिक निर्माण गरिने भएको छ । मंसिर १४ गते भएको उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वा्चित अमृतराज हमालले स्वर्गीय गुरुङको अर्धकदको शालिक निर्माण गर्ने भएका हुन् । यसअघिको स्थानीय तहको निर्वाचनमा हमाल उनै गुरुङसंग झिनो मतान्तरले पराजित भएका थिए । गुरुङको निधन पछि यही मंसिर १४ गते सो वडामा उपनिर्वाचन भयो । सो उपनिर्वाचन हमालले नेपाली काँग्रेसबाट पुनः वडाध्यक्षको टिकट पाए । अनि उपनिर्वाचनबाटै गुरुङको ठाउँमा वडाध्यक्ष बने । अध्यक्षमा निर्वा्चित भएर बुधबार कार्यभार सम्हाल्ने बित्तिकै हमालले उनै गुरुङ्को अर्धकदको शालिक बनाउने पहिलो निर्णय गरे ।

यस्तै हमालले आफूले पाउने सेवा सुविधा कुनै नलिने निर्णय समेत गरेका छन्। अध्यक्षको हैसियतमा पाउने सेवा सुविधा सबै सोही वडामा रहेका गरिब विपन्न परिवारको बालबालिकाका लागि खर्च गर्ने निर्णय समेत गरेका छन् ।

बुधबार विहान भरतपुर महानगरपालिकामा आयोजित शपथ ग्रहण पछि वडाध्यक्ष हमालले दिउँसोनै कार्यभार सम्हालेका हुन्। शपथ ग्रहणमा पुग्नु अघि हमालले स्वर्गीय गुरुङ्को परिवारसंग भेटघाट गरी आर्शिवाद लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>