खेलकुद

महिला फुटबल प्रतियोगितामा वागमती र मकवानपुर सेमिफाइनलमा

Banner

चितवन, मंसिर १८-

वागमती फुटबल क्लब सर्लाही र मकवानपुर महिला टिम नारायणगढको क्याम्पाचौरमा जारी स्व. जगदीश खड्का स्मृति महिला फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएका खेल समान १–० गोलअन्तरले जित्दै वागमती र मकवानपुरले अन्तिम ४ को यात्रा तय गरेका हुन् । पहिलो खेलमा वागमतीले अभिषेक चर्च रजहरलाई पराजित गरेको हो ।
वागमतीका लागि पहिलो हाफको ८औं मिनेटमा जर्सी नम्बर १५ की सुनिता थिङले गोल गरिन् । निर्णायक गोल गरेकी सुनिता प्लेयर अफ दी म्याच बनिन् । अर्को खेलमा मकवानपुरले बरचुली मावि. नवलपुरलाई पराजित गरेको हो ।
मकवानपुरका तर्फबाट एक मात्र गोल जर्सी नम्बर ११ की पूजा लोप्चनले पहिलो हाफको २० औं मिनेटमा गरिन् । यो खेलको प्लेयर अफ दी म्याच भने बरचुलीका कप्तान तथा गोलरक्षक कविता विक बनिन् ।
मंगलबार र बुधबारका खेलबाट अन्तिम चारमा पुग्ने टोलीको पनि टुंगो लागेको छ । अब बिहीबार दुवै सेमिफाइनल गरिने संयोजक प्रविन जोशीले जानकारी दिए । पहिलो सेमिफाइनलमा हानमी एभरेष्ट क्लब चितवनले वागमती फुटबल क्लब सर्लाहीसँग प्रतिस्पर्धा गर्नेछ भने पञ्चकन्या महिला टिम ‘ए’ ले मकवानपुर महिला टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल मंसिर २० गते हुनेछ । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार र ट्रफी पाउने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट फरवार्ड, डिफेण्डर र गोलकिपरलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>