प्रवास

अमेरिकाको सनफ्रान्सिस्कोमा नेपालका एक दर्जन बढी कलाकारलाई अवार्ड

Banner

अमेरिका, मंसिर १७-

अमेरिकाको सन्फ्रान्सिस्कोमा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्ड वितरण कार्यक्रममा नेपालका एक दर्जन बढी कलाकारहरुले अवार्ड प्राप्त गरेका छन् ।

कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सहआयोजनामा सानफ्रान्सिस्को बे एरियामा सम्पन्न भएको हो ।

नेपाली चलचित्र जगतमा ख्याति आर्जन गरेका कलाकार र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो । आफ्नै नाम, शान र पहिचान बोकेर नेपाली सिनेमा गाउँदेखि विश्वसम्म भन्ने नाराका साथ गरिएको कार्यक्रममा चलचित्रकर्मीहरु, गायक, गायिका तथा संगीतकारको योगदानलाई विशिष्ट ब्यक्तित्वहरु माझमा सम्मान गरिएको थियो।
कार्यक्रममा चलचित्र शिरोमणि लाइफटाइम अवार्डको सम्मानबाट वरिष्ठ अभिनेता निर्देशक तथा निर्माता नीर शाहलाई सम्मानित गरिएको थियो । त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मान भुवन केसी, दशकका माहानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थिए । संगीत महरथी सम्मानबाट शम्भुजीत बास्कोटा सम्मानित भएका थिए ।

गेहेन्द्र धिमाल स्मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित भएका थिए भने राम केशर बोगटी स्मृृति सम्मानबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा नायक रविन्द्र खड्का भएका थिए । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानित भएकी थिइन् भने फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्रले अवार्ड जित्न सफल भएको थियो । स्टार अफ दि इएर अवार्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भएका छन् त्यसैगरी स्टार अफ दि इएर अवार्ड सम्मानबाट नायिका नम्रता श्रेष्ठ पर्न सफल भइन् । सपोर्टिङ एक्टर अफ दि यिएर आवर्ड विक्रान्त बस्नेतले पाए । गायिका अञ्जु पन्तलाई वर्षकै उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको थियो ।

ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्डबाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरेले अवार्ड जित्न सफल भए । जुरी अवार्डबाट नायिका वर्षा राउत र दिपिका प्रसाईं सम्मानित भए भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्ड प्राप्त गर्न सफल भए ।

समाजका विभिन्न विधा र क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मानार्थ दिइने अभियानश्री अवार्ड कल्पना लिम्बु, दिनेश कार्की, अञ्जना गुरुङ र नारायण सोम्नामे विजेता बन्न सफल भएका थिए । स्मरण रहोस् नेपाली चलचित्र इतिहासमा पहिलो पटक नायकहरु शिवश्रेष्ठ, भुवन केसी र राजेश हमाल सम्मान तथा आवर्ड समारोहमा एकै स्टेजमा देखिँदा दर्शकहरु निक्कै नै उत्साहित भएका थिए ।
कार्यक्रममा नायक सुशिल क्षेत्री, नायिकाहरु श्वेता खड्का, पूजा चन्द, वर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं र स्थानीय कलाकारहरुको नृत्य तथा हास्य ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतिले कार्यक्रम झनै मनोरञ्जनले भरिपूर्ण भएको थियो।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पार्दै अवार्ड कार्यक्रम सम्पन्न भएकोमा सम्पूर्ण सहयोगी संघसंस्था तथा व्यक्तिलाई धन्यवाद ज्ञापन दिएका थिए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले निर्देशक तथा निर्माता नीर शाहको नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै आगामी वर्षहरुमा निरन्तर अवार्ड कार्यक्रम गर्दै लैजाने बताए ।

अवार्ड कार्यक्रमका नेपाल संयोजक, नेपाल फिल्म सोसाइटीका सदस्य तथा नायक निर्माता मदुकुमार श्रेष्ठले चौथो ग्लोबल नेपाली फिल्म अवार्ड–२०१९ सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण सहआयोजक, कलाकार तथा अवार्डको गरिमा बढाउन आएका सम्पूर्ण दर्शकलाई धन्यवाद ब्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>