चितवन विशेष

उवासंघ चितवनमा लैंगिक हिंसाविरुद्धको बहस

Banner

भरतपुर, मंसीर १५-

उद्योग वाणिज्य संघ–चितवनले एक दिवसिय लैंगिक हिंसा विरुद्धको कार्यक्रम गरेको छ ।

उद्योग वाणिज्य संघ–चितवनमा ‘उद्यमशिलता विकास र महिला सशक्तिकरण मार्फत् महिला हिंसा न्यूनीकरण’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले कतिपय अवस्थामा घर परिवारको महिलाको आर्थिक उपस्थिति कम एवम् हुँदै नहुनुका कारण घरेलु हिंसा पीडित हुनु परेको बताउँदै महिलाहरु उद्यमशिलता तर्फ उन्मुख भई आत्मनिर्भर बन्नुपर्ने औंल्याउनुपर्ने बताए । कार्यक्रममा उनले महिला सशक्तिकरणका लागि आर्थिक हैसियतमा बृद्धि हुनुपर्ने र यसका लागि उद्यमशिलता निर्विकल्प रहेको बताए । उनले महिला उद्यमशिलताका लागि संघले कुनै पनि किसिमको कार्यक्रम आयोजना गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समितिका उपप्रमुख मुना कुमारी श्रेष्ठले लिंगका आधारमा हुने कुनै पनि किसिमको र्दुव्यवहार तथा हिंसा सह्य नहुने बताउँदै कतिपय अवस्थामा यी कुराहरु कानुनबाट बर्जित पनि गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले महिला हिंसाका घटनाहरु महिला आत्मनिर्भर हुन नसकेका कारण रहेको बताउँदै महिलाहरु स्वाबलम्बन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नारी उत्थान केन्द्रका पूर्वअध्यक्ष दुर्गालक्ष्मी श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, वडा नं. १ का वडा सदस्य राममाया पिया, वडा नं. २ का वडा सदस्य एवम् कार्यपालिका सदस्य धनकुमारी विक, समाजसेवी एवम् लैंगिक हिंसा विरुद्धको अभियानका चितवन संयोजक मीना खरेल, उवासंघ–चितवन महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केलगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

अन्तरक्रियामा सहभागीका गुनासालाई सम्बन्धित ब्यक्तित्वबाट सम्बोधन गरिएको थियो । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए । करिब १०० जना महिला उद्यमीहरुको सहभागिता रहेको कार्यक्रम संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा महिला उद्यमी समिति संयोजक रजनी मास्केले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>