चितवन विशेष
ब्राह्मी सहकारीको बाल बचत प्रोत्साहन कार्यक्रम

चितवन, मंसिर १४-
ब्राह्मी महिला बचत तथा ऋण सहकारी भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको आयोजनमा आज बाल बचत प्रोत्साहन कार्यक्रम भएको छ ।
संस्थाका अध्यक्ष शशी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामेश्वर पुस्तकालय तथा वाचनालयका निवर्तमान अध्यक्ष एवम् संस्थाका सल्लाहकार केशवकुमार श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण थपलिया, सदस्य राजकृष्ण श्रेष्ठ र रामेश्वर महादेव मन्दिरका अध्यक्ष नारायणप्रसाद भण्डारीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
बाल बचत सदस्यहरुलाई बचत गर्ने बानीको संस्कार वृद्धि गर्दै लैजाने र सोही बचत रकमले भविष्यमा बालबालिकालाई उच्च शिक्षाको निमित्त ठूलो सहयोग मिलोस् भन्ने उद्देश्यले कार्यक्रम भएको थियो । कार्यक्रमको स्वागत एवम् संयोजन संस्थाका सञ्चालक समितिका सदस्य वर्षा सिलवालले गरेकी थिइन् । ५५ जना बाल बचत सदस्यलाई प्रोत्साहस्वरुप पुरस्कार प्रदान गरिएको कार्यक्रममा अभिभावकको तर्फबाट बिजी बिमन्टेश्वरी क्षेत्रपुरका प्रिन्सिपल चान्दी केसीले शुभकामना मन्तव्य राखेकी थिइन् ।
























