चितवन विशेष
नारायणगढमा प्रधान सेवा समाजको रक्तदान

चितवन, मंसिर १४-
प्रधान सेवा समाज चितवनले प्रथम पटक नारायणगढको सहीदचोकस्थित प्रेम मार्केट परिसरमा आज खुला रक्तदान कार्यक्रम गरेको छ ।
उक्त रक्तदानमा पुरुष ४७ जना र महिला ४ जना गरेर जम्मा एकाउन्न ( ५१) पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक निरञ्जन प्रधानले बताए । प्रधान सेवा समाजको सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलो रक्तदान कार्यक्रम भरतपुर स्थित नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्त सञ्चार कार्यालयको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
प्रधान सेवा समाज चितवनका अध्यक्ष प्रचण्डकुमार प्रधानले रक्तदान कार्यक्रमको पहिलो रक्तदाता पुलचोक नारायणी नदी किनार स्थित प्रधान धर्म गुठीद्वारा नै सञ्चालित दुर्गा मन्दिरका पुजारी गुरू गणेशप्रसाद ढकाललाई कीट प्रदान गर्नु भै रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष शुक्रकुमार प्रधान, उपाध्यक्ष मनोजप्रधान सचिव प्रदिपप्रधान कोषाध्यक्ष बद्रीलाल प्रधान सल्लाहकार देशीराम प्रधान सदस्यहरूमा शुसनलाल प्रधान, शुभेच्छा प्रधान, शकुन्तला प्रधान, नारायण प्रधान, रसिक प्रधान, सहनलाल प्रधान, अमरदेव प्रधानलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदाताहरुको लागि चिया, नास्ता र प्रमाणपत्रको व्यवस्थासमेत गरिएको थियो।
























