चितवन विशेष

अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा बालकुमारी इङ्लिस स्कुल पहिलो

Banner

चितवन, मंसिर १४-

बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा शुक्रबार महानगरस्तरीय अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा बालकुमारी इङ्लिस स्कुल पहिलो भएको छ ।

प्रतियोगितामा न्यु होराइजन आवासीय मावि दोस्रो, स्मल हेभन तेस्रो, मनशिक्षा मन्दिर र ग्रील्यान्ड पब्लिक स्कूलले सान्त्वना पुरस्कार पाएका छन् ।
प्रथम हुनेलाई आठ हजार दोस्रोलाई ६ हजार, तेस्रोलाई चार हजार र सान्त्वना हुनेलाई दुई÷दुई हजार नगद र प्रमाणपत्र दिएको थियो । प्रतियोगितामा २२ वटा विद्यालयको सहभागिता रहेको प्रचारप्रसार उपसमितिका संयोजक सुमन गैरेले जानकारी दिए । जमुना सुनारको अध्यक्षतामा भएको प्रतियोगिताको प्रदेश सांसद रीना गुरुङले उद्घाटन गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>